बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन

barshaman-pun-tatokhabar-tato-khabar

काठमाडौं / नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने टिप्पणी गरेका छन्।

शनिबार राजधानीमा पार्टी सम्बद्ध काठमाडौँ-रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई  सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने जिकिर गरे। सरकारमा भएर पनि कांग्रेस–एमाले पङ्क्तिको मनोबल खस्किएको भन्दै उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे।

Advertisement:barshaman-pun-tatokhabar-tato-khabar

आफूहरूको प्राथमिकतामा सरकार नरहेको तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ थियो। ‘का‌ंग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन्। संसदमा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्’, पुनले भने, ‘किन भने संसदको अंक गणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरुले बुझेका छन्। सरकारका लागि हामीलाई कुनै हतारो छैन। कुनै अप्ठेरो पनि छैन। चाह्यौँ भने हामी छिट्टै सरकारमा जान सक्छौं। अहिलेको गणित कसैले बदल्न सक्दैन।’

उनले नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेको समेत बताए। एमालेले लुम्बिनी प्रदेशमा दल नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएपछि दल नेताले राजीनामा दिएको, नेकपाकालमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरूलाई पाखा लगाइएको र कांग्रेस–एमाले दुवै दलले केही गरौं भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरुलाई मन्त्री बनाएका कारण असन्तुष्टि चुलिएको उनको भनाइ थियो।

पुनले कांग्रेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको तर्क गरे।

भ्रष्टाचार, तस्करी, अनियमितता, राज्य दोहनका विरुद्ध र सुशासनका पक्षमा उभिएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालिएको पुनले बताए।

प्रतिक्रिया दिनुहोस् :