बंगलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ : परराष्ट्र

काठमाडौं / नेपाल सरकारले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले बुधबार निकालेको विज्ञिप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति चिन्ता व्यक्त गरेको हो।
मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बंगलादेश सबै तनावबाट शान्त र संयमका साथ लोकतान्त्रिक प्रक्रियामा फर्किने विज्ञप्तिमा जनाइएको छ।
मन्त्रालयले बंगलादेशी नागरिक सहज रुपमा शान्ति र स्थिरतातर्फ अग्रसरका लागि सक्षम हुने विश्वाससमेत व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु