पर्सा राष्ट्रिय निकुञ्जमा दुई जना युवक मृत अवस्थामा फेला

पर्सा / पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने पर्साको सितलपुरमा दुई जना युवक मृत अवस्थामा फेला परेका छन्।
पर्सा राष्ट्रिय निकुञ्जको रामभौरी भाटादेखि झण्डै १५ किलोमिटर उत्तर पश्चिममा पर्ने पर्सा जिल्लाको बसतपुर भन्ने ठाउँमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृतकहरु मकवानपुर राक्सिराँगका राजकुमार नेगी र मकवानपुर मनहरी ५ का रामबहादुर मोक्तान रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ। उनीहरु श्रावणमा लाग्ने मेला हेर्न भाटास्थित प्रसिद्ध दुग्धेश्वर महादेव मन्दिरमा हिँडेको अवस्थामा गएको सोमबारदेखि नै जंगलमा बेपत्ता थिए।
हिजो साँझ ६ बजेतिर उनीहरुको शब प्रहरीले मृत अवस्थामा बरामद गरेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस