मौसम : यी दुई प्रदेशमा आज धेरै वर्षाको सम्भावना

काठमाडौं / कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश र बागमतीका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु