नागरिकको चाहना अनुसार संविधान संशोधन हुने: प्रकाशमान सिंह
काठमाडौं / उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको चाहनाअनुसार नै संविधान संशोधन हुने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए। उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताए।
उनले संघीयताको मर्म र भवनाअनुसार कानूहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए। उनले जनताको चाहना पूरा गर्नका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताए। उनले युवाहरु रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताए। Nop
उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने टिप्पणी गरे।