कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमति भनियो

prachand_samsad

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको भन्दै त्यसको कटाक्ष गरेका छन्।

प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको बताए। उनले आफूले विधिको शासन शुरु गरेको जिकिर गरे। उनले कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको आरोप लगाए।

Advertisement:prachand_samsad

उनले अपमान र प्रतिशोध नभइ सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस् :