प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने
काठमाडौं / संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा अर्थसम्बन्धि ३ वटा विधयेकहरुमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ।
आर्थिक विधेयक, २०८१ माथि छलफल गरी प्राप्त संशोधनहरु निर्णायर्थ पेश गर्ने कार्यसूची छ ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ दफावार छलफलका लागि पेश गर्ने र प्राप्त संशोधनहरुलाई निर्णायर्थ पेश गरेपछि पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।