प्रथम मिलन धर्मराज स्मृति खुल्ला नक आउट फुटबल प्रतियोगिता आयोजना हुदै

हेटौंडा, ९ असार / प्रथम मिलन धर्मराज स्मृति खुल्ला नक आउट फुटबल प्रतियोगिता मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा ८ स्थित सिम्पानी खेलकूद मैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिता सिम्पानी युथ क्लबले असार २० गते आयोजना गर्न लागेको हो ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारा लिएर खेदकूद क्षेत्रमा अगाडि बढेको सिम्पानी युथ क्लबले यस प्रतियोगितामा प्रथम हुने प्रतियोगीका लागि रु. १ लाख र द्वितीय हुने सहभागीका लागि ५० हजार रुपैया राशीको नगद पुरस्कारको घोषणा गरिसकेको छ ।
उक्त प्रतियोगितामा १६ वटा समूहबीच रोचक प्रतिष्पर्धा हुने बताइएको छ । प्रतियोगितामा भाग लिन चाहने समूहले आगामी असार १७ गतेसम्म आफ्नो नाम दर्ता गराई सक्नु पर्ने क्लबका अध्यक्ष किरणा सुवेदीले जानकारी दिएका छन् । खेलमा भाग लिन चाहने प्रतियोगीहरुले प्रतिसमूह ७ हजार ५ सय रुपैया दर्ता शुल्क भुक्तानी गर्नु पर्ने जानकारी दिईएको छ ।
खेल तालिका १८ गते नै प्रकाशित गरिने बताईएको छ । क्लबका अध्यष सुवेदीले बताएअनुसार पश्चिम मकवानपुरको केन्द्रको रुपमा परिचित मनहरी गाउँपालिका वडा नं. ८ स्थित सिम्पानीको भिआइपि चोक फुटबल मैदानमा खेल सञ्चालन गरिने र उक्त प्रतियोगिता सम्पन्न र्गा ७ लाख ५१ हजार रुपैयाँ खर्च लाग्न सक्ने अनुमान गरिएको छ । यहि खेल्कुद मैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने भावी योजना रहेको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस