कैलालीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु एक घाईते

महेन्द्रनगर, ९ असार / शनिवार राती कैलालीको पूर्वपश्चिम राजमार्गअन्तर्गत ढुङ्गे बजारमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–३ मा गएराति १२ बजेतिर भएको उक्त ट्रयाक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु् भएको र ट्रयाक्टरमा सवार एक जना गम्भीर घाइते भएका हुन् ।
ढुंगे बजारमा शनिबार राति करिब १२ बजेतिर भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको स्थानीय प्रहरीले दिएको जानकारीमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए ।
उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पु¥याइएकोमा चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएको र उपचारकै क्रममा मृत्यु प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको र उनको अवस्था पनि गम्भीर रहेको छ बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस