आईसीसी वरीयता : दीपेन्द्र सिंह ऐरीको ऐतिहासिक छलाङ

काठमाडौं / नेपालका दीपेन्द्र सिंह ऐरीले टी-२० अलराउण्डरतर्फ आइसीसीको वरीयतामा ऐतिहासिक सुधार गरेका छन्।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा ऐरीले ऐतिहासिक छलाङ मारेका हुन् । यसअघि ९ औँ स्थानमा रहेका ऐरी तीन स्थान सुधार गर्दै शीर्ष ६ मा आइपुगेका छन्।
केही समयअघि ११ औं स्थानमा रहेका उनी गत साता मात्रै नवौं स्थानमा आइपुगेका थिए। अष्ट्रेलियाका मार्कस स्टोइनिस वरीयताको शीर्ष स्थानमा छन्। श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो तथा बंगालादेशका शकिब अल हसन तेस्रो स्थानमा छन् ।
गत साता शीर्ष स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दै चौथो स्थानमा पुगेका छन्। बलिङतर्फ पनि ऐरीले ३१ स्थान सुधार गरेका छन्। यसअघि १२७ औँ स्थानमा रहेका उनी नयाँ वरीयतामा ३१ औँ स्थान माथि उक्लँदै ९६ औँ स्थानमा आएका छन्।
सोमपाल कामीले पनि ८ स्थान सुधार गर्दै ९१ औँ स्थानमा आइपुगेका छन्। कामी र ऐरी बाहेक अन्य कुनै पनि खेलाडी टी-२० बलिङतर्फको शीर्ष सय भित्र पर्न सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस