क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

तातोखबर, काठमाडौं / अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले एक स्टाटस लेख्दै अमेरिकाले भिसा दिन अस्विकार गरेको बताएका छन्। उनले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाकाे भिसा एप्लाई गरेका थिए।
‘सन् २०१९ मा जस्तै यसपालि पनि अमेरिकाले मलाई भिसा दिन अस्वीकार गरेको छ,’ उनको पोस्टमा उल्लेख छ। लामिछानेले फेसबुक पोस्ट गर्दै सन् २०१९ जस्तै यसपालि पनि आफूलाई अमेरिकाले भिसा नदिएको उल्लेख गरेका छन्।
बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस