सिरहा, धनुषा, सप्तरी र महोत्तरीका सीमानाका तीन दिनका लागि बन्द

जनकपुरधाम / भारतीयभुमि सँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।
भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा पाँचौ चरणको लोकसभा चुनाब हुन गैरहेकाले यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
आगामी सोमवार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले आज जेठ ४ गते शुक्रबार राति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल-भारत सीमानाका बन्द रहने जनाइएको छ ।
विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमवार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।
सोही निर्वाचनलाई लक्षित गरी नेपालको रेलवे सेवा पनि तीन दिनका लागि बन्द हुने भएको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा भङ्गाह-जनकपुरधाम-जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस