कांग्रेस संसदीय दलको बैठक बस्दै

Sher Bahadur Deuwa Nepali Congress

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्ने तय भएको छ।

बैठकले संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्ने सा‌सद श्यामकुमार घिमिरेले जानकारी दिएका छन् । कांग्रेसले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आएको थियो ।

Advertisement:Sher Bahadur Deuwa Nepali Congress

यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस् :