आइसीसी टी–२० विश्वकपका लागि टीम घोषणा गर्ने आज अन्तिम दिन

ICC T20 Cricket World Cup

काठमाडौं / आगामी जुन १ देखि २९ जुनसम्म हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि टीम घोषणा धमाधम भइरहेको छ।

आज आइसीसीमा टीम पेस गर्ने अन्तिम दिन हो। आज दिउँसोसम्म सबै देशलाई स्वाड पेस गर्न आइसीसीले भनेको छ। तर, नेपाल लगायतका धेरै  देशले अहिलेसम्म टीम घोषणा गर्न सकेका छैनन्।

Advertisement:ICC T20 Cricket World Cup

टीम घोषणा गर्ने पहिलो टोली न्यूजिल्याण्ड बनेको छ। उसले म‌ंगलबार नै टोली घोषणा गरेको छ।

न्यूजील्याण्ड टीम 

केन विलियम्सन (क), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चैपम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउदी ।
रिजर्भ: बेन सियर्स

भारत  

रोहित शर्मा (क), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज।

रिजर्भ: शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान

दक्षिण अफ्रिका

एडेन मार्कराम (क), ओटनियल बार्टम्यान, गेराल्ड कोएत्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राइज शम्सी। स्टब्स

अफगानिस्तान 

रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करीम जनात, राशिद खान (क), नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक। , फजलहक फारुकी, फरीद अहमद मलिक।

रिजर्भ: सेदिक अटल, हजरतुल्लाह जाजई, सलीम साफी

अष्ट्रेलिया

मिचेल मार्स (क), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर, एडम जाम्पा

इंग्ल्यान्ड

जोस बटलर (क), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क वुड।

घोषणा हुन बाँकी टीम 

नेपाल
आयरल्याण्ड
नामिबिया
नेदरल्याण्ड्स
बंगलादेश
क्यानाडा
ओमान
पपुवा न्यू गिनी
पाकिस्तान
स्कटल्याण्ड
श्रीलंका
युगान्डा
संयुक्त राज्य अमेरिका
वेस्ट इन्डिज

समूह ‘डी’मा रहेको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्यान्ड्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल जुन चार मा ४ नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै ११ जुनमा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका १६ जुनमा बंगलादेशसँग खेल्नेछ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, क्यानडा र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्क्टल्यान्ड र ओमान छन्।

समूह ‘सी’ मा भने न्यूजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी, यूगान्डा र वेस्टइन्डिज रहेका छन्।

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका उत्कृष्ट २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस् :