NTC App - Ad

पीएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश

PSG-football-club

तातोखबर, काठमाडौं / रेनेसमाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ।​

घरलु मैदान पार्क डेस प्रिन्ससमा बुधबार पीएसजीलाई जित दिलाउन एक मात्र गोल केलियन एमबाप्पेले गरे। ​ एमबाप्पेले खेलको ४०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।  पीएसजी स्टार एम्बाप्पे यो पटक पीएसजीबाट अन्तिम खेल खेलिरहेका छन्।

Advertisement:PSG-football-club

एम्बाप्पेले आगामी सिजनबाट रियल म्याड्रिडबाट खेल्ने जनाइएको छ। उनले रियलसँग सम्झौता गरिसकेको जनाइएको छ।

यो पटक पीएसजीसँग १४औं फ्रेन्च कप जित्ने मौका रहँदा ट्रेबल जित्ने बाटोसमेत खुल्ला रहेको छ। फ्रेन्च कप, लिग वान र च्याम्पियन्स लिग जित्ने अभियानमा पीएसजी अघि बढेको छ।

लिग वानमा पीएसजी तालिकाको शीर्ष स्थानमा रहँदा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पीएसजीले बार्सिलोना प्रतिद्वन्द्वी पाएको छ।

फ्रेन्चकपमा पीएसजीले उपाधिका लागि लियोनको सामना गर्नेछ। लियोनले भ्यालेनसिनेसमाथि ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। फाइनल खेल आगामी अप्रिल २५ मा हुनेछ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra