NTC App - Ad

अगाढि बढ्यो बागमती सरकारको नयाँ मन्त्रीमण्डल विस्तार

हेटौंडा, १७ चैत / बागमती प्रदेश सरकारको नयाँ मन्त्रीमण्डल विस्तारक्रम अगाडि बढेको छ । नयाँ सत्ता गठबन्धन निर्माणभएपछि हाम्रो पार्टी नेपाललाई सत्तामा समेटिएको बागमती प्रदेश सरकारमा आज एमालेलाई समेत समावेश गराएर मुख्य मन्त्री शालिकराम जम्कट्टेलले मन्त्री मण्डल विस्तारको क्रम अगाडि बढाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले शनिबार बागमती प्रदेशसभामा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई बागमती प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेको र शनिवार साँझ नै बागमती प्रदेश प्रमूख यादवचन्त्र शर्मासमक्ष पद तथा गोपनायताको सपथ दिलाएको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

Advertisement:

सत्ता समीकरण फेरिसँगै दोस्रो पटक सरकार गठन गरिएको बागमती प्िरदेश सरकार यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए । चैत १९ गते विश्वासको मत लिने कार्यक्रम रहेको र विश्वासको मत प्राप्त भएपछि बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद थप विस्तार मुख्य मन्त्री कार्यालयका अधिकारीहरुले बताएका छन् ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :