सत्ता समीकरणका विषयमा नागरिक उन्मूक्ति पार्टीभित्र विवाद

महेन्द्रनगर, १४ चैत्र / सरकारमा सहभागी हुने वा नहुने विषयमा बहस चुलिदै जाँदा नागरिक उन्मूक्ति पार्टीमा दुई धार देखा परेको छ । केन्द्रमा गठबन्धनबाट हालै बाहिरएको उक्त पार्टीभित्र पुन सरकारलाई समर्थन गर्ने की नगर्ने भन्ने विषयमा दुई धार देखिएको हो ।
पार्टीका केन्द्रीय सदस्यहरुको टिकापुरमा आज बसेको बैठकमा प्रस्तावित एजेण्डाहरुमाथि छलफल हुदा एक पक्षद्वारा वर्तमान सत्ता समीकरणमा पनि सहभागी हुने भनिएपनि अर्को पक्षले यसलाई स्वीकार गर्न नसकिने बताएपछि निर्णय हुन नसकेको बैठकमा सहभागीलाई उदृत गर्दै श्रोतले जानकारी दिएको छ । पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतमा बसेको उक्त बैठकमा उल्लेखनीय सदस्यहरुले उपस्थिति नदिएको समेत जानकारी दिईएको छ ।
सुदुर पश्चिम प्रदेश सरकारलाई दिएको समर्थनका विषयमा समेत छलफल गरिएको तर बैठक अन्तिम निर्णयमा पुग्न नसकएिको पार्टी श्रोतले बतायो । पार्टीभित्र भएको छलफलमा वर्तमान सत्ता समीकरणमा सहभागी हुने र प्रदेश सरकारलाई समेत समर्थन गर्ने छलफल भएको भएपनि बहसमा सकारात्मक दिशामा नगएको भन्दै उक्त निर्णय कार्यन्वयन हुन नसकेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु