गृहमन्त्रीले सहकारीको पैसा चलाउनु आपत्तिजनक, बजारमा पुनको र सुनको कुरा: सांसद केसी

तातोखबर, काठमाडौं / सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारीको पैसाबाट ४६ लाख रुपैयाँमा गाडी चढेको भन्दै सहकारी सदस्य नै नभएको व्यक्तिले सहकारीको पैसा चलाउनु आपत्तिजनक भएको पनि बताए। उनले गृहमन्त्री लामिछानेलाई मन्त्री स्वीकार्न आफूहरु तयार नभएको बताएका छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका थिए।
आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत उनले गरेका छन् । सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको पटक पटक टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो संसदमा नै सुनाउन माग गरेका छन् ।
उनले भने, ‘उहाँले (गृहमन्त्री रवि लामिछाने) सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढ्नुभएको रहेछ। यो घोर आपत्तिजनक कुरा छ। उहाँ सहकारी सदस्य नभएको नाताले उहाँले लिन मिल्दैन। सहकारी पीडितहरुलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ? गम्भिर आशंका छ । त्यसैले म भन्छु रविजी तपाई पीडक हो। पीडकले पीडितलाई न्याय दिन सक्दैन। तपाईले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला।’
उनले निरन्तर भने, ‘अहिले बजारमा पुन र सुनको कुरा आएको छ। वर्षमान पुन आज सुनसँग जोडिनुभएको छ। सुनका आरोपित कारागारमा छन्। उहाँले सुन तस्करसँग १९ पटक टेलिफोन वार्ता गर्यो भनेर अखबारमा आइरहेको छ। उहाँले के के कुरा गर्नुभयो, सुन तस्करसँग के–के छलफल भयो त्यो कुरा यो हाउसमा भ्वाइस डिटेल सुनाउन अनुरोध गर्न चाहान्छु।’
यो पनि पढ्नुहोस्:
गृहमन्त्री रवि लामिछानेलाई हटाउने चलखेल सुरु
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस