फिल्म रिलिज भएको दुई दिनसम्म रिभियू लेख्न नपाईने

भारत, केरला / फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षा गर्नेहरुको लहर चलिरहेको बेला फिल्म समिक्षाको विषयमा भारतको अदालतले निर्देशिका जारी गरेको छ । सामाजिक सञ्जालमा नकारात्मक समीक्षाहरु आएपछि फिल्मको बक्स अफिसमा प्रभाव पार्ने बहस चलेको थियो ।
फिल्मका यस्ता मुद्दामा धेरै पटक अदालतले हस्तक्षेप गरेको छ । चाहे त्यो सेन्सर बोर्डको मामला होस् या फिल्मसँग जोडिएका विभिन्न विवाद । यस्ता विषयमा अदालतले आफ्नो फैसला राख्दै हस्तक्षेप गर्ने गरेको छ ।
फिल्म समीक्षाको विषयमा केरलाको उच्च न्यायालयले एक फैसला सुनाउँदै नयाँ निर्देशिका जारी गरेको छ । केरल उच्च अदालतद्वारा नियुक्त एमिकस क्युरीका श्याम पेडमेनका तर्फबाट प्रस्तुत गरिएको रिपोर्टमा ती व्यक्तिविरुद्ध कदम चालिएको छ, जसले सामाजिक सञ्जालमा फिल्मलाई लिएर नकारात्मक समीक्षा गर्ने गरेका छन् । अदालतका अनुसार केही यस्ता व्यक्ति छन्, जो फिल्म रिलिज हुनासाथ सामाजिक सञ्जालमा समीक्षा गर्न सुरु गर्छन् ।
अदालतले एक तहका व्यक्तिहरु पैसा र पुरस्कारको लालचमा यस्ता काम गर्ने तथा पैसा र पुरस्कार नपाउनेले फिल्मको विरुद्ध खराब समीक्षा लेख्ने गरेको अदालतले ठहर गरेको छ । सो कारणले नकारात्मक समीक्षाको मामला बढ्दै गएको र यसलाई रोकथाम गर्नका लागि अदालतले फिल्म रिलिजको ४८ घण्टासम्म समीक्षा नलेख्न आदेश जारी गरेको हो । अदालतले यस मामलामा एक पोर्टल गठन गर्न पनि सुझाव दिएको छ ।
एमिकस क्युरीले अदालतमा पेश गरेको दिशानिर्देश अनुसार सबै फिल्म समीक्षक र ब्लगरहरुलाई यो नियमको पालना गर्न अपिल गरेको छ ।
नकारात्मक समीक्षालाई लिएर २३ अक्टोबर, २०२३ मा फिल्म ‘राहेल माकन कोरा’ का निर्देशकले पुलिस स्टेसनमा उजुरी दर्ता गराएका थिए । उजुरीमा उनले आफ्नो फिल्मविरुद्ध सामाजिक सञ्जालमा नकारात्मकता फैलाइएको र आफूलाई जानीबुझी अपमान गर्ने प्रयास गरिएको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु