NTC App - Ad

एमाले मधेस प्रदेश जनसङ्गठन समन्वय प्रमुखमा मनोज पौडेल

Manoj-paudel

तातोखबर, रौतहट /  नेकपा एमाले मधेस प्रदेशको जनसङ्गठन समन्वय प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेलले पाएका छन् । ​

नेकपा एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहापुरमा बसेको दोस्रो बैठकले पौडेलले सो जिम्मेवारी पाएका हुन् । सो जिम्मेवारीसँगै पौडेलले नेकपा एमालेको पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ।

Advertisement:Manoj-paudel

योसँगै पौडेलले २३ वटा जनसङ्गठनको नेतृत्व पाएका छ्न्। आफूले जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने बताएका छन्।

‘मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा लोकप्रिय पार्टी हो। यसलाई अझै लोकप्रिय बनाउँदै ८४ मा एमालेको बहुमतको सरकार बनाउन जनसंगठनहरुलाई सक्रिय रुपमा जनजनमा परिचालित बनाउनेतर्फ मेरो प्राथमिकता हुनेछ।’ उनले भने, ‘जनसंगठनहरुले अब पार्टीको मुद्दा सँगसँगै होइन जनताको पनि मुद्दा पहिलो प्राथमिकताको साथमा बोक्नुपर्छ। हामी मधेस प्रदेशमा एमालेका जनसंगठनलाई जनताको संगठन बनाउँनेछौं।’

सो बैठकले सङ्गठन विभाग प्रमुखमा अध्यक्ष चन्देश्वर मण्डल, स्थानीय विकास विभागमा प्रमुखमा उपाध्यक्ष बिचारी यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव आरती भण्डारी, आर्थिक विभाग प्रमुखमा उपसचिव मोहम्द कैसलाई जिम्मेवारी दिएको प्रदेश कमिटी सदस्य वीरबहादुर गोलेले जानकारी दिए।

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :