हेटौंडामा ‘अन्तर वडास्तरीय १५ नम्वर वडाध्यक्ष कप’ हुँदै

मकवानपुर – मकवानपुरको हेटौंडामा सोनाम ल्होसार २८६० औं डुक ल्हो (नयाँ वर्ष) को पावन अवसरमा ‘अन्तर वडास्तरीय १५ नम्वर वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८०’ दोस्रो संस्करण हुने भएको छ ।
प्रतियोगिता १५ नम्वर वडा कार्यालय चुरियामाई हेटौंडाको प्रायोजन तथा वडास्तरीय खेलकुद विकास समिति हेटौंडा–१५ को आयोजनामा आगामी चैत्र ९ गतेदेखि २२ गतेसम्म संचालन हुने भएको हो ।
वडास्तरीय खेलकुद विकास समिति हेटौंडा–१५ ले शुक्रबार पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा उक्त समितिका अध्यक्ष गोविन्द नेगीले हेटौंडाका सबै वडा भित्रका टोलका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार, प्रतियोगिता बागमती प्रदेश परिषद्, गौरीटार रंगशालामा हुनेछ । प्रतियोगितामा १९ वटै वडाहरुले समुह बनाई सहभागिता जनाउन सक्नेछन् ।
सो प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः १ लाख रुपैयाँ र ५० हजार रुपैयाँसहित शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक खेलको म्याचको म्यान अफ द म्याच, विधागत तर्फ उत्कृष्ट फर्वाड, मिड फिल्डर, गोल किपर, डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको समितिका अध्यक्ष नेगीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु