त्रिदेशीय शृंखलामा नेपालको नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ।
भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।
आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए। त्यसपछि ब्याटिमा आएका कुशल मल्ल २ रन बनाउँदै पेभिलियन फर्किए। यस्तै, रोहित पौडेल ३९ बलमा १६ रन बनाएर आउट भएका हुन् भने दिपेन्द्रसिंह ऐरी ११ बलमा १ रन बनाउँदै रन आउट भएका हुन्।
जारी खेलको २९ ओभरको समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर ९४ रन बनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस