प्रतिनिधिसभा बैठक जारी: स्वास्थ्यमन्त्री र संस्कृति मन्त्रीको राजीनामा माग

samsad-bhawan

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको सम्भावित कार्यसूची रहेको छ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महसचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।

Advertisement:samsad-bhawan

संसदको पात्रोअनुसार आज पनि शून्य समय, विशेष समय, तथा अन्य विधायकी कार्य भने जारी रहनेछन्। तीन मन्त्रीको राजीनामा बटम लाइन बनाएका एमाले सहितका प्रतिपक्षी दलले आजको संसद बैठकमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। हत्या र भ्रष्टाचारको आरोप लगाउँदै एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।

बालकुमारी घटनामा दुई युवाको ज्यान गएको घटनामा भौतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम लिजमा दिने विषयमा संस्कृति मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने प्रतिपक्षदलहरुको अडान छ।

भोलिको बैठकमा मन्त्रलयगत प्रश्नोत्तर तथा विभिन्न विधेयक पेश हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस् :