सरकारका दुई मन्त्रीले राजीनामा नदिएसम्म विपक्षीले संसद चल्न नदिने

काठमाडौं, ११ फागुन / वर्तमान सरकारका दुई मन्त्रीले राजीनामा नदिएसम्म प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक चलन नदिने भएका छन् । भौत्तिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतले राजीनामा नदिएसम्म संसदको बैठक सञ्चालन गर्न प्रमूख प्रतिपक्षी दल एमालेका सांसदहरुले नदिने भएका हुन् ।

आज सञ्चालन हुदै गरेको संसदको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले दुई मन्त्रीको राजीनामाका विषयमा जवाफ दिनुपर्ने माग गरेपछि सांसदहरुले चर्को आवाजमा दुईमन्त्रीहरुको राजीनामाको माग गरे । बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको नेपाली कांग्रेसका सांसद राजन केसीले आरोप लगाएपछि एमालेका सांसदहरु भड्किन पुगेका हुन् ।

Advertisement:

सांसद केसीले विहीवार राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्न लाग्दा प्रतिपक्षको अनौठो नाटक मञ्चन गरेर १०/१५ जना सांसद बाहिरिर संसद बैठक विथोल्ने षड्यन्त्र गरेको पनि आरोप लगाएपछि संसदमा वादप्रतिवाद सुरु भयो । संसदमा विवाद शुरुभएसँगै एमाले सांसदहरुले उठेर विरोध गर्दा उक्त विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरुले पनि विरोध गरे ।

सत्तारुढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि सभामुख देवराज घिमिरेले सबैलाई बोल्न दिने बताउदै १५ मिनेटका लागि संसद स्थगित भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :