सिद्धगुफामा विश्वकीर्तिमानी सर्जक डा. उपाध्यायका बहुमूखी सृजना सार्वजनिक

दमौली, ९ फागुन / तनहुँको सिद्धगुफामा विश्वकीर्तिमानी सर्जक डा. डिआर उपाध्यायका बहुमूखी प्रतिभाहरु प्रस्तुत भएका छन् । सिद्धगुफामा डा. उपाध्यायका एक उपन्यास लोकापर्ण, गीति एल्बम् विमोचन, गजल लेखन, प्रत्येक्ष गायन र भिडियो छायाङ्कन गरिएको हो ।

तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्धगुफामा एक समारोहको आयोजना गरी शीखा बुक्सद्वारा बजारमा ल्याईएको विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरियो । लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य, उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा ती प्रस्तुतिहरु सार्वजनिक गरिएको थियो ।

Advertisement:

समुद्र सतहबाट ६ सय मिटर उचाईमा रहेको ५० मिटर उचाई र ४ सय ३७ मिटर लम्बाई रहेको एसियाकै दोश्रो ठूलो र नेपालकै ठूलो भनिएको यो गुफामा बहुमूखी सृजनाको लोकार्पण तथा प्रस्तुति दिएर डा. डिआर उपाध्यायले नेपालको अलौकिक सम्पदाहरुको प्रबद्र्धन गरेको कार्यक्रममा सहभागीहरुले प्रशंसा गरेको बताईएको छ । कार्यक्रममा अतिथिका रुपमा सहभागीहरुले डा. उपाध्यायलाई उनको यो बहुमूखी प्रतिभा प्रदर्शनप्रति बधाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता बाचन गरेका थिए भने ‘मनको चाह’ शीर्षकका एक गजल लेखी तत्काल सुनाएका थिए । यस्तै उपाध्यायको गीति एल्बम ‘आवृत’ विमोचन गरिएको थियो । गुफाभित्रै कीर्तिमानी डा.उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ गायका सागर अधिकारी ‘शरद’ र गायिका काव्य आचार्यले लाइभ प्रस्तुत गरेका थिए ।

यसैगरी डा.उपाध्यायकै गीत ‘राखिरहुँ आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गरेका छन् । डा.उपाध्यायका अनौठा कार्यलाई यहाँ आउने पर्यटकले रोचक ढङ्गले हेरिरहेका थिए । काठमाडौंको चाबहिल स्कूलका विद्यार्थीले उक्त कार्यलाई नियालेका थिए । यो गुफामा दैनिक सयौं पयर्टक आउने गर्दछन् ।

तनहुँको डुम्रेबाट दईकिलोमिटर दुरीमा पृथ्वी राजमार्गको विमलनगरबाट दक्षिणतर्फ आधा घण्टाको पैदल यात्रा गरेपछि पुग्न सकिने यो गुफा नेपालको मात्र नभई एसियाकै ठूलो गुफा मानिन्छ । सन्त ‘सिद्ध बाबा’ले ज्ञान प्राप्त गरेको गुफाको रुपमा मानिने अध्यारो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देश विदेशमा रहेको र यसलाई सर्जकहरुले महत्व बढाउन यस्ता कार्यक्रमहरु यो स्थलमा गरिनु अर्थपूर्ण हुने सहभागीहरुले प्रतिकृया जनाएका थिए । गुफाको प्रवेशद्वार भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै थकान मेटाउनुका साथै विशाल पहाडको काखमा हरियाली वन जङ्गलले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा आउने पैदलयात्रुहरुले अनुभूति गर्न सक्ने भएकोले आफ्नो कृति सार्वजनिक थलोका रुपमा यहि गुफालाई अपनाएको डा. उपाध्यायले बताए ।

विसं २०४४ साल चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँचजनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो । जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।

डा. उपाध्यायले विभिन्न विधामा १ सय ३२ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १ सय ५१ पुग्ने तयारीमा रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :