NTC App - Ad

शुरुवातद्वारा विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रदान

राजेश दिदिया

भक्तपुर, ७ फागुन / विद्यार्थीहरुलाई किशोर किशोरीको अवस्था परिवर्तन र सुरक्षित यौन व्यवहारका विषयमा शुरुवात नामक सामाजिक संस्थाले कक्षा सञ्चालन गरेको छ । संस्थाले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य ज्ञान शिक्षा प्रदान गरेको हो ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा किशोर किशोरी अवस्थामा आउने परिवर्तनसँगै सुरक्षित यौन व्यवहारका साथै कन्डमको महत्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको सस्थाका अनुसन्धान संयोजक अनुप अधिकारीले बताएका छन् ।

Advertisement:

संयोजक अधिकारीका अनुसार विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कन्डम दिवसका अवसरमा यसको महत्वका विषयमा अन्तरक्रिया गरेको थियो । कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पढाउन हिच्किचाउने अवस्था अझ पनि रहेका र अव यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तनको विषयमा किशोर किशोरीलाई जानकारी नदिने हो भने यसले भविष्यमा ठुलो समस्या ल्याउन बताउँदै यसको समाधानका लागि सुरुवात मार्फत विद्यालयमा नै गएर विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य एव कन्डम लगाएको प्रयोगको विषयमा जानकारी दिइएको उनले बताए ।

हरेक वर्ष कन्डम दिवस मनाईने तर अझ पनि यसको प्रयोगको विषयमा राम्रो चेतनाको अभाव रहेको संयोजक अधिकारीले जानकारी दिए । किशोर किशोरीहरूलाई अझ यसको विषयमा जानकारी दिन आवश्यक रहेको छ उनको बुझाई छ ।

संयोजक अधिकारीका अनुसार सुरुवातले विद्यालयमा गएर यौन तथा प्रजनन स्वास्थ्यको विषयमा जानकारी दिनुका साथै कन्डम दिवसका अवसरमा सुरुवातको कार्यालय अगाडी कन्डमको प्रयोगलाई बढवा दिँदै एचआइभी एड्स जस्ता सङ्क्रमण कम गराउने, यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कन्डमको प्रयोग गर्नुपर्ने, कन्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी जानकारी प्रदान गरिएको थियो ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra