साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण

काठमाडौं, ६ फागुन / पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ को लोकार्पण गरिएको छ । एपेक नेपालको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादि, काठमाडौमा उक्त कृति लोकार्पण गरिएको हो ।

संस्थाका अध्यक्ष विश्वमोहन श्रोष्ठको सभापतित्वमा पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गरुङ कृति लोकार्पण गर्दै मन्त्री गुरुङले साहित्यिक कृति लेख्न जति गार्हो छ त्योभन्दा धेरै विषय अनुसन्धानात्मक कृति निकाल्न गाह्रो रहेको बताइन् । उनले जसले जे जानेको छ आ–आफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने पनि बताइन् । मन्त्री गुरुङले केशु विरहीको विमोचित उक्त कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयोग पुग्न सक्ने र यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने धारणा ब्यक्त गरिन् ।

Advertisement:

त्यसैगरी कार्यक्रममा प्रध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलले विमोचित पुस्तकमा तेह्रथुमको साहित्यिक इतिहनसको फेहरिस्ता भएको बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउदै छुटेका कुरालाई थप्दै जानु पर्ने बताउँदै यस कृतिमा देखिएका कमीकमजोरीलाई औल्याइदिन पनि उनले आग्रह गरे ।

त्यस्तै कार्यक्रममा आफ्नो छोटो टिप्पणि प्रस्तुत गर्दै नारी श्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुफले विमोचित उक्त कृतिले तेह्रथुमको साहित्यको मात्र नभएर त्यहाँ बस्ने मानिसको चित्र उतारेको बताइन् । कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक भगिराज इङनामले यो कृति एउटा क्याटलकका रूपमा आएको बताए । पाठकले आफूलाई के मनपर्छ त्यहि यस पुस्तकमा छानेर पढ्न पाउने बताए ।

कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै धेरै कुरा बोलिसकेकाले यसका बारेमा धेरै कुरा गर्न जरुरी नभएको बताउदै यस पुस्तकको बारेमा समय मिलाएर चर्चा परिचर्चा कार्यक्रम राखिनु पर्ने बताए । लेखक केशु विरहीले भने आफूले यो कृति लेख्नकै डेढ वर्षको पूरै समय खर्चेको बताउदै आफूले थालेको काम सफल भएकामा खुसी व्यक्त गरे । पत्रकारसमेत रहेका विरहीले प्रिबुकिजमार्फत सहयोग गर्नेप्रति आभार रहेको बताउँदै धन्यवादको असली हकदार उहाँहरू रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य गजलकार बाबु त्रिपाठीले गरेका थिए भने कार्यक्रममको संञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् :