चावहिलमा जारी जुत्ताचप्पल मेलाबाट व्यवसायी र उपभोक्तामा उत्साह थपिदै
काठमाडौं, ५फागुन / नेपाल जुत्ता चप्पल उद्योग संघले गएको माघ १८ गतेबाट सञ्चालनको शुरु गरेको जुत्ता चप्पल मेलामा अवलोकनकर्ताहरुको आगमन उत्साहजन देखिएको छ । चावहिल काठमाडौंमा जारी प्रथम चुत्ताचप्पल मेला सञ्चालनको तेश्रो सातामा आईपुग्दा पनि उपभोक्ताहरुको चहलपल बढ्दै गएको हो ।
प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ सञ्चालनको तेश्रो सातासम्म मा २० हजारभन्दा बढीले अवलोकन गरिसकेको आयोजक समूहले जानकारी दिएको छ । नेपाल जुत्ताचप्पल उद्यमी समूहका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले दिएको जानकारी अनुसार मेलामा हालसम्म डेडकरोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
नेपाल जुत्ताचप्पल उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपालीले उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उद्देश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको र जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाइनका जुत्ता चप्पलहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् ।
उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । समूहका अध्यक्ष न्यौपानेका अनुसार नेपाली जुत्ताचप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर भए पनि बिक्री वितरण भने जम्मा ६ करोड मात्र हुने गरेको छ ।
फागुन १८ गतेसम्म चल्ने मेलामा तीन करोड रूपैयाँ बराबरको जुत्ताचप्पल बिक्री हुने लक्ष्य राखिएको छ। मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको समूहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय