अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औँ स्थापना दिवस मनाउँदै
तातोखबर, काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औँ स्थापना दिवस मनाउँदै छ ।
‘सुधारौँ सोच, संस्कार र व्यवहारस् नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ अख्तियारले आफ्नो स्थापना दिवस मनाउन लागेको हो।
सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो।
अख्तियारले आफ्नो हटलाइन नम्बरदेखि हुलाक र विभिन्न सामाजिक सञ्चालनमार्फत समेत उजुरी र गुनासो संकलन गर्दै आएको छ।
आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्दै आइरहेको छ।
आयोगका केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी पुससम्म २२ हजार १ सय २७ उजुरी छन्। पछिल्लो समय आयोगमा परेका उजुरीमध्ये ५० प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय