लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा



Global IME Bank - Meri Uni Lai
liverpool-EPL

तातोखबर, फुटबल/ लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ।

गएराति भएको खेलमा बर्नलीलाई ३–१ ले हराएको थियो।  उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्षरत बर्नलीका लागि डारा ओ’सले बराबरी गोल फर्काएका थिए। लिभरपुलका लुइस डियाज र डारविन नुनेजले गोल गरे।

गएराति नै भएको खेलमा  डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले एभरटनलाई २–० ले हराएर शीर्षमा उक्लेको थियो। यद्यपि सिटीले एक खेल कम खेलेको छ।  लिभरपुलको २४ खेलबाट ५४ अंक भएको छ भने २३ खेल खेलेको सिटीको ५२ अंक छ।

अन्य खेलमा फुलहमले बर्नमाउथलाई ३–१, सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१, टोटनहमले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज (बिहीबार)देखि राष्ट्रिय सभामा छलफल हुँदैछ। बिहान ११ बजे सुरुहुने

तातोखबर, भरतपुर / भरतपुर महानगरपालिकाले निर्माण हुँदाहुँदै रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको

बेलायतं, २९ फ्रेबुअरी / बेलायतका एक मनोरोग विशेषज्ञले मानिसको मन नै रोगी भयो भने संसार अस्वस्थ हुने दावी गरेका छन्