लायन्स क्लबद्वारा हेटौंडा आँखा अस्पताललाई म्याट्रेस हस्तान्तरण
हेटौंडा/ लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धले हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ थान म्याट्रेस हस्तान्तरण गरेको छ ।
क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बुधबार अस्पतालमा एक कार्यक्रम गरि म्याट्रेस बितरण गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजि गौतम केसीले बताए।
क्लबका अध्यक्ष तुलसी गिरीको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि घलानले समाजसेवामा लायन्स क्लबको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादब, प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, अस्पतालका डाक्टर सुनिल थकाली, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।
अस्पताललाई सहयोग गरेकोमा अस्पतालका डाक्टर सुनिल थकालीले लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

