जन्मदिनमा खाद्यान्न र शैक्षिक सामाग्री सहयाेग

मकवानपुर – हेटौंडा– ८ निवासी प्रविना प्रसाइले आफ्नो जन्म दिनको अवसर पारी विद्यालयलाइ शैक्षिक सामाग्री वितरण गरेकी छिन् । मंगलबार जन्मदिन पारी बकैया गाउँपालिका वडा नम्बर ७ हर्दा स्थित माटोकोरी  आधारभूत विद्यालयका ५४ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् ।

रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजना तथा प्रसाइको आर्थिक सहयोगमा १५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्ष राजन कटुवालले जानकारी दिए । माटोखोरी आधारभूत विद्यालयमा अध्ययन गर्ने २ सय ५७ जना विद्यार्थी मध्ये निक्कै निम्न वर्गीय विद्यार्थीलाई मात्र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष पोस बहादुर घिमिरे, प्रधानाध्यापक शिव प्रसाद बोलखे,रोट्र्याक्ट क्लब अफ मकवानपुरको निर्वतमान अध्यक्ष प्रदिप राई लगायत क्लबका सदस्यहरुको उपस्थित रहेको थियो ।

Advertisement:

त्यस्तै हेटौंडा– १ निवासी रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले आफ्नो छोरा ज्ञाभिन प्रजापतिको जन्म उत्सवको अवसरमा खाद्यान्न सहयोग गरेका छन् । हेटौंडा– १४ स्थित नयाँवस्तीका निम्न वर्गीय चेपाङ परिवारलाइ खाद्यान्न सहयोग गरेका हुन् । सोही परिवारलाई हेटौंडा– १ निवासी कमल दाहालले बालबालिकाको लागि शैक्षिक सामाग्री र भाडाकुँडा सहयोग गरेका थिए । न्युन वर्गीय चेपाङ परिवारको विषयमा प्रदेश सञ्चारमा समाचार प्रकाशित भएपछि उनीहरुलाई खाद्यान्न, शैक्षिक सामाग्री र भाँडाकुँडा सहयोग प्राप्त भएको हो । प्राप्त सहयोग सामाग्री प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पण, संवाददाता मञ्जिता मैनाली र पत्रकार मनिता रानाको उपस्थितिले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् :