सेयर बजार परिसूचक दोहोरो अंकले घट्यो

तातोखबर, शेयर बजार / बुधबार सेयर बजार परिसूचक नेप्से २१.६७ अंकले घटेको छ।
यसदिन नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ बिन्दुमा कायम भएको छ।
बुधबारको बजारमा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन मंगलबार ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रूपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबारको तुलनामा आज कारोबार रकम २५ करोड रूपैयाँले कम हो।
यस दिन ३१३ वटा धितोपत्रको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच भएको छ।
बुधबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ वटाको से छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन सामलिङ पावरको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९० रूपैयाँ कायम भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस