कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न आह्वान

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय भक्तपुरको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न आह्वान गरेको छ ।
उक्त कार्यालयले एक सूचना जारी गर्दै सो बारे आह्वान गरेको हो । बोर्डले जारी गरिएको सूचनामा कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ र ७७ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मात्र) परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न उल्लेख गरिएको छ ।
साथै सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरूले २०८० फागुन १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न आह्वान गरिएको छ ।
सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित २०८० फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस