साम्पाङले कार्यकक्षमा हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो, राखे किराती राजा यलम्बरको तस्विर
तातोखबर, काठमाडौँ : धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उपमहानगरका उपप्रमुख अइन्द्र विक्रम बेघाले तस्वीर हटाएर यलम्बरको तस्वीर राखेको जानकारी पाएको बताए ।
हर्क साम्पाङले बुधवार ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु, जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ‚ त्यो दिन पुन: उनीहरूको फोटो टाँस्नेछु, जय देश’ भन्दै फेसबुकमा स्ट्याटस लेखेर हालेका थिए । यसकाे कतै चर्काे विराेध भइरहेकाे छ त कतै उनको समर्थहरुले उनको कदम लाई साथ दिएका छन् ।
आधिकारिक जानकारी भने अझै नभएको उपमहानगरका उपप्रमुख बेघाले जानकारी दिए। उनका अनुसार उनको कार्यकक्षमा पत्रकारलगायत अन्यलाई छिर्न निषेध गरिएको छ ।
‘उहाँको कार्यकक्षमा नो इन्ट्री छ, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्वीर राखेको जानकारी आएको छ। उहाँले आधिकारिक रूपमा केही भन्नुभएको चाहिँ छैन’, उनले भने। अहिलेसम्म प्रमुख साम्पाङले जे जसरी फेसकुमा स्ट्याटस हाल्छन्‚ उपमहानगर पनि त्यसैअनुसार चल्दै आएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय