हेटौंडाको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको घुइँचो

हेटौंडा । हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुपौचौरमा रहेको पशुपति मन्दिर लगायत मकवानपुरका दश वटै स्थानीय तहका शिवालयमा शतबीज छरिएको छ ।
हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न मकवानपुरका विभिन्न ठाउँबाट भक्तजनहरु हेटौंडाको पशुपतिमा आएका छन् । पशुपति मन्दिरमा आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा शतबीज छरेका छन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी। स्वंयसेवकलगायत खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस