यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित



Global IME Bank - Meri Uni Lai
Nepal-Vs-Pakistan-u19-cricket-worldcup

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । नेपाल ७ विकेटले पराजित भएको छ ।

शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।नेपालले  ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २६.२ ओभरमा  नै लक्ष्य पूरा गरेको हो । पाकिस्तानका लागि अजान अस्विनले ५६ र सस्दा बेगले ५० रन बनाए ।

नेपालका लागि उत्तम रंगु थापा मगरले सर्वाधिक ५१ रन बनाए भने दिपेश कँडेलले ३१ रन बनाए । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन नेपालको ६ विकेट लिँदा नेपाली ब्याटिङ लाइन कमजोर बन्न पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहलाई मानसिक पीडा दिएको आरोप लागेको छ। महानगरकी वरिष्ठ कानुन अधिकृत शस्मिता घिमिरेले

तातोखबर, काठमाडौं / आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज (बिहीबार)देखि राष्ट्रिय सभामा छलफल हुँदैछ। बिहान ११ बजे सुरुहुने

तातोखबर, भरतपुर / भरतपुर महानगरपालिकाले निर्माण हुँदाहुँदै रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको