मूल्यमा कुरा नमिल्दा बजारमा पुनः चिनीको अभाव



काठमाडौँ – मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ ।

चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०र१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भारतबाट चिनी तत्काल नल्याउने बताए । चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिक्री गर्न नसकिने उनको भनाइ छ ।

प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ । “त्यो चिनी खरिद गरी भन्सार तिरेर नेपाल ल्याउँदा उपभोक्ताले प्रतिकेजी एक सयभन्दा माथि तिर्नु पर्छ । भारतबाट ल्याउने भनेको चिनी अहिले तत्काल नआउने लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थपे।

गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै चुलिएको छ । साल्ट टे«डिङ कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ११७ रुपियाँमा प्रत्येक उपभोक्तालाई दुई केजीका दरले बिक्री गर्दै आएको छ ।

बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक केजी १२५ रुपियाँमा किन्नु पर्छ । सरकारले चिनीको आपूर्ति व्यवस्थामा ध्यान दिएर प्रभावकारी हस्तक्षेप नगर्दा उपभोक्ता अभावको मारमा परेका हुन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको