रवि लामिछाने आज मलेसिया जाँदै, त्यस पछि कतार र बेलायत भ्रमण



Global IME Bank - Meri Uni Lai
rabi-lamichhane-rsp-tatokhabar-tato-khabar

तातोखबर, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्।

लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन्।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किनेछन्। स्वदेश फर्किएको भोलीपल्टै फेरि उनी कतार जाने कार्यक्रम सहप्रवक्ता रावलले बताइन्। उनले कतारबाटै बेलायत जानछन्। सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ।

भ्रमणमा सभापति लामिछानेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकाटी र सहकोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज (बिहीबार)देखि राष्ट्रिय सभामा छलफल हुँदैछ। बिहान ११ बजे सुरुहुने

तातोखबर, भरतपुर / भरतपुर महानगरपालिकाले निर्माण हुँदाहुँदै रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको

तातोखबर, काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतका आज चार वटा संसदीय समितिका बैठक बस्दैछन् । सिंहदरबारस्थित समितिको सचिवालयमा जारी रहेको उद्योग तथा