लागुऔषध गाँजासहित चितवनकी लामा हेटौँडामा पक्राउ



हेटौँडा – मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार ६ किलो लागुऔषध गाँजासहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३, लौरीचोककी २० वर्षीया सरिता लामा रहेकी छन् ।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार लामालाई आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा हेटौंडा–१०, बसपार्कबाट पक्राउ गरिएको हो । बसपार्कमा रहेको स्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले धनगढीबाट काँकडभिट्टाको लागी छुटेको रात्रि बसबाट लामालाई नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रदेश १–०१–००१ ख ३४११ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार सरिताले बोकेको जेब्रा झोला भित्रबाट प्रहरीले ६ किलो गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेकी सरितालाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको