काठमाडौंको विभिन्न स्थानबाट २४ जुवाडे पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट २४ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसबाट १९जना र काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीबाट ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसबाट को २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका–८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगुसहित ९ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।

सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

साथै सोही गेस्ट हाउसको पार्किङमा आइतबार साँझ नै ओखर (जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बुसहित १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखर बरामद गरेको छ ।

यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियारसहित ५ जनालाई आइतबार राति पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

ती सवै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद