टि–१० कमाने प्रिमियर लिग सेमिफाइनलको समीकरण पूरा



हेटौँडा- हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा भएको दोस्रो संस्करणको टि–१० कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार लिग चरणको ६ वटा खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

शनिबार लिग चरणको खेलहरु सम्पन्न भएसँगै समूह ए बाट विजेता बन्दै कमाने राइडर्स र उपविजेता बन्दै कमाने टाइगर सेमीफाइनलमा प्रवेश गरेको छ भने समूह बी बाट विजेता बन्दै साविक विजेता कमाने हन्टर्स र उपविजेता बन्दै कमाने लायन्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सेमीफाइनल खेल र दिउँसो फाइनल खेल हुने कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिएका छन्  । पहिलो सेमीफाइनल खेल कमाने राइडर्स र कमाने लायन्स बीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल कमाने हन्टर्स र कमाने टाइगर बीच हुनेछ । आइतबारै सेमीफाइनल र फाइनल खेलको बीचमा वडा खेलकुद विकास समितिका पदाधिकारी र कमाने प्रिमियर लिगमा सहभागी क्लबका मालिकहरुको टिमबीच मैत्रीपूर्ण खेल हुनेछ ।

प्रतियोगितामा करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि प्रथम पुरस्कार हाल कोरियामा रहनुभएका सुरज थापा मगरले र द्वितीय पुरस्कारको व्यवस्था हङकङ बस्ने कृष्णप्रसाद पौडेलले प्रायोजन गर्नुभएको कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिएका छन्  । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन