टिकटक बन्द : निर्णय विरुद्ध सर्वोच्चमा आधा दर्जन रिट निवेदन पेश



tiktok-banned-in-nepal

१ मंसिर, काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा कम्तिमा आधा दर्जन रिट निवेदन पेश भएका छन् ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका छन् ।

टिकटकमा सरकारले लगाएको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हतारमा बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै पनि कानूनी आधार नटेकेको बिषय उठाउंदै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग राखेका छन् ।

आम नागरिकमा अपूरणीय क्षति पुगेको भन्दै उनीहरुले आफूहरुको निवेदनमा अन्तरिम आदेश जारी हुनुपर्ने माग समेत गरेका छन् ।

गत २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन