शेयर बजारमा बुधबार झिनो अंकको सुधार



काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच भएको छ भने ७८ करोड २७ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

यसअघि मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्से सामान्य अंकले बढ्दा ८ उपसूचकहरुमा हरियाली छाएको छ भने ४ उपसूचकहरुमा रातो पोतिएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ