ब्रेकअपको पीडा, युवतीले आयोजना गरिन् आफ्नै अन्तिम संस्कार !



एक युवतीको आफ्नो प्रेमीसँग ब्रेकअप भयो । प्रेम सम्बन्ध टुट्दा उनलाई यतिधेरै पीडा भयो कि उनले त्यो स्थितिलाई आफ्नो मृत्युसँग तुलना गरिन् । त्यसपछि उनले आफ्नै अन्तिम संस्कारको आयोजना गरिन् ।

चीनको सिचुआन प्रान्तको छेंग्दुमा यो घटना भएको हो । ब्वायफ्रेण्डसँग ब्रेकअप हुँदा पीडामा छटपटाउँदै आफ्नै अन्तिम संस्कार कार्यक्रमको आयोजना गर्ने ती २५ वर्षे युवतीको नाम वांग हो ।
वांगले आफ्नो अन्तिम संस्कार कार्यक्रममा आफ्ना साथीहरुलाई बोलाएकी थिइन् । करिब तीन वर्षको प्रेम सम्बन्धपछि ६ महिनाअघि वांगको उनका प्रेमीसँग ब्रेकअप भएको थियो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार वांगले आफू पछिल्ला दिनहरुमा विभिन्न बिहे समारोहमा गएको र त्यस क्रममा साथीहरुले तिम्रो बिहेको भोज कहिले खान पाइन्छ ? भनेर पटक-पटक सोधेपछि उनले आफुलाई मरेतुल्य ठानिन् । त्यसपछि नै उनले आफ्नो अन्तिम संस्कार गर्ने निधो गरिन् । अनि अन्तिम संस्कार कार्यक्रमपछि भोज समेत गरेर त्यसरी सोधीखोजी गर्ने साथीहरुलाई खुवाइन् ।

गत शनिबार भएको उक्त भोज सहितको अन्तिम संस्कार कार्यक्रममा उनका करिब १ दर्जन साथीहरु उपस्थित थिए ।

उक्त अन्तिम संस्कार समारोहमा मधुरो प्रकाशयुक्त कोठाभित्र वांग एउटा खाटमा मरेको लासजस्तै बनेर सुतेकी थिइन् । उनको वरिपरि मैनबत्ती बालिएको थियो । उपस्थित साथीहरुले पनि अन्तिम संस्कारमा जस्तै निहुरिएर वांगलाई श्रद्धान्जली दिएर र उनको वरिपरि घेरा बनाएर उभिए ।

त्यसक्रममा उपस्थित साथीहरुले वांगको बारेमा आफ्नो धारणाका साथै जीवन, मृत्यु र चुनौतीहरूका बारेमा पनि आ(आफ्ना विचार व्यक्त गरे । कार्यक्रमपछि सबैजनाले सँगै खाना खाए ।

वांगका अनुसार उनको त्यो अवधारणा धेरैलाई अनौठो लाग्नसक्छ । तर, आफूलाई त्यसले विगतको पीडा भुलेर अघि बढ्ने शक्ति प्रदान गर्ने उनको भनाइ छ ।

आफूले आफ्नो भोजको अनुभव गरिसकेको भन्दै उनले अब पुरानो कुरा बन्द भैसकेको महसुस गरी अगाडि बढ्ने तत्परता हासिल भएको बताएकी छिन ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ