देउराली सहकारीको ठगि : पीडितलाई सिआइबीको सम्पर्कमा आउन अनुरोध

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईं पक्राउ परिसकेका छन् ।

Advertisement:

सिआइबीका अनुसार अहिलेसम्म पीडितहरुबाट साढे चार करोड ठगी भएको भनेर उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित हुनुहुन्छ भने सम्पर्कमा अनाउनका लागि सूचित गरिएको जानकारी दिएको छ ।

सहकारीको केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर भई भक्तपुर र काठमाडौं जिल्ला भित्रका सहकारीका सेवा केन्द्रहरुका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त पेश गरेकोमा उल्लेखित कसुर उपर मुद्धा दर्ता गरी यस व्यूरोबाट अनुसन्धान कार्य भईरहेकोले काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरु उपर प्रमाण सहित यस ब्यूरोमा यथाशिघ्र रितपुर्वकको जाहेरी दिन सुचित गरिएको बताएको छ ।

साथै थप सहयोग एवं जानकारीको लागी व्यूरोको फोन नं. ०१-४५११७७६ मा सम्पर्क गर्नु समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :