करणी मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ



पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा कैद सजाय भई फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी बस्ने ३८ वर्षीय सागर नेपालीलाई पक्राउ गरिएको हो

जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा तत्कालीन पुनरावेदन अदालत बागलुङ (हाल उच्च अदालत पोखरा बागलुङ इजलास, बागलुङ) ले २०६८ साल चैत आठ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका प्रतिवादी नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति गत कत्तिक १६ गते पिपलटारीबाटै पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित पर्वत जिल्ला अदालत पठाएपछि १६ गते नै जिल्ला कारागारमा चलान गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको