जाजरकोट भूकम्प : सरकारको सबै निकाए भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित



१८, कार्तिक / उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पूर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रित रहेको बताएका छन्।

सुर्खेत विमानस्थलमा ओर्लिएर पत्रकारहरुसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफू सुर्खेत विमानस्थलमा खटिएको बताए। खड्का शुक्रबार नै सुर्खेत आएका थिए।

खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चार वटा हेलिकोप्टर घाइतेको उद्धारका लागि खटाइएको छ। सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको उनले बताए।

सुर्खेतमा रहेको सानो हेलिकप्टरबाट पनि घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको