मकवानपुरमा मिनीट्रक दुर्घटना: घाइते सहचालकको मृत्यु



हेटौंडा – धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा भएको मिनीट्रक दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ । मृत्यु हुने बकैया गाउँपालिका वडा नं.६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा रहेका छन् ।

हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । उपचारकै क्रममा बिहीबार साँझ ७ बजे ५६ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हेटौंडा बजार तर्फबाट फापरबारी तर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्बरको मिनीट्रक ९पानीलोड० आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा लामा र चालक बकैया गाउँपालिका वडा नं।७ हर्दा बस्ने २६ बर्षीय युबराज सापकोटा घाइते भएका थिए ।

सापकोटाको टाउँकोमा मध्यम र लामा टाउँकोसंगै अनुहारमा गम्भीर चोट लागेको थियो । घाइते सापकोटाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ