आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते



नुवाकोट – आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा रसुवामा तीन जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आलु बोकेको आइचर मिनिट्रक सोमबार राती दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

नेसिङबाट ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर मिनिट्रक कच्ची सडकवाट दुई सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए। दुर्घटनामा आमाछोदिङ्मो–२ का ३० वर्षीय फुर्पुछोवाङ तामाङ‚३९ वर्षीया पेमाडोल्मा तामाङ र ३२ वर्षीय अक्कलबहादुर तामाङको मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए।

दुर्घटनामा चालकसहित मिनिट्रकमा यात्रारत ५ जना घाइते भएका छन्। आमाछोदिङ्मो–२ का ३६ वर्षीय दावातेम्वा तामाङ, २० वर्षीय फुलदर्के तामाङ, ३५ वर्षीय अविनाश तामाङ, २६ वर्षीय लाङदोङ तामाङ र २५ वर्षीय सानुकान्छा तामाङ  घाइते भएको बुढाथोकीले बताए।

उनका अनुसार गाडी ओभरलोड भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको  छ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद